उरुग्वेलाई यू-२० विश्वकपको उपाधि

ब्यूनर्सआयर्स । उरुग्वेले फिफा यू-२० पुरुष विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ । अर्जेन्टिनामा सोमबार बिहान भएको फाइनलमा इटालीलाई १-० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बन्न सफल भएको हो । उरुग्वेको लुसियानो रोड्रिगेजले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्न पुगेको थियो । उरुग्वेले पहिलो पटक यू-२० विश्वकपको उपाधि जितेको हो ।…