नेपालले क्रिकेटको टी-२० आईमा एकै खेलमा बनायो ७ रेकर्ड

काठमाडौं । नेपालले आज क्रिकेटको एकै खेलमा सातवटा विश्व किर्तिमान कायम गरेको छ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र मंगोलिया बीचको खेलमा सातवटा किर्तिमान कायम गरेको हो । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर नेपालले पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई…