काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा आइतबार मनाङले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो । मनाङको जितमा चेतन कुमार थारुले निर्णायक गोल गरे । चेतनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । मनाङले ७ खेल बराबरी खेलेपछि पहिलो जित निकालेको…