चेक गणतन्त्रकी २४ वर्षीया मार्केटा भेन्ड्रोसोभाले पहिलोपटक विम्वल्डन फाइनलमा आफ्नो यात्रा तय गरेकी छिन् । एक घन्टा १४ मिनेटको संघर्षपछि भेन्ड्रोसोभाले युक्रेनकी एलिना स्भिटोलिनालाई सेमिफाइनलमा ६-३ र ६-३ को सोझो सेटमा पराजित गर्दै पहिलोपटक फाइनलमा आफ्नो स्थान पक्का बनाएकी हुन् । अब भेन्ड्रोसोभाले विम्वल्डनको फाइनलमा छैटौं बरियताकी वन्स जाभियोरसँग भोलि शनिबार फाइनल प्रतिस्पर्धा गर्नेछिन् ।…