न्युजिल्यान्डविरुद्ध युएईको ऐतिहासिक जीत

काठमाडौँ । युएईले ऐतिहासिक रूपमा न्युजिल्यान्डमाथि पहिलो जीत निकालेको छ। ३ खेलको टी-२० सिरिजको दोस्रो खेलमा युएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको हो। कुनै पनि फर्म्याटमा युएईले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। न्युजिल्यान्डले पनि’नन-टेस्ट प्लेइङ नेसन’ विरुद्ध पहिलो पटक हार भोग्यो। उसले टेस्ट नखेल्ने देश विरुद्धको ३९ औ खेलमा पहिलो पटक पराजय भोग्यो।…