काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा हुने शृङ्खलामा सहभागी हुन प्रस्थान गर्ने तयारीमा रहेको नेपाल राष्ट्रिय क्रिकेट टोलीलाई औपचारिक रूपमा बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको कार्यक्रममा टोलीलाई आगामी अन्तर्राष्ट्रिय शृङ्खलाका लागि शुभकामना दिइएको हो। प्रतियोगिता जुलाई २१ देखि नेदरल्यान्ड्समा नेपाल, नामिबिया र आयोजक नेदरल्यान्ड्सबीच सञ्चालन हुनेछ। त्यसअघि नेपाली…