एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित…