काठमाडौँ। फिफा विश्वकप २०२६ को समूह चरण समाप्त भएसँगै ४८ मध्ये १६ राष्ट्रको प्रतियोगिता यात्रा टुङ्गिएको छ। प्रत्येक समूहको पुछारमा (चौथो स्थान) रहेका १२ टोलीसँगै तेस्रो स्थानमा रहे पनि उत्कृष्ट आठमा पर्न नसकेका थप चार टोली प्रतियोगिताबाट बाहिरिएका हुन्। समूह चरणमा चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिने टोलीमा समूह ‘ए’को चेक गणतन्त्र, समूह ‘बी’को कतार, समूह…