मलेसियाविरुद्ध १५३ रनमै समेटियो साउदी

काठमाडौं । एसीसी प्रिमियर कपमा बिहीबार साउदी अरेबियाले मलेसियासामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार मुलपानी क्रिकेट मैदानमा टस हारेपछि ब्याटिमा आएको साउदी ४६.२ ओभरमा १५३ रनमै समेटिएपछि मलेसियाले १५४ रनको मध्यम लक्ष्य पाएको हो । साउदीका हसीब घफुरले ४० रन बनाए । अब्दुल वहिदले ३६, कप्तान हिसाम शेखले २१ र अतिफ उर–रहमानले…