काठमाडौं । आजबाट शहीद स्मारक ए डिभिजन लिग फुटबल सुरु हुदैँछ । शुक्रबारदेखि एफसी खुमलटारले फ्रेन्ड्स क्लबसँग दशरथ रंगशालामा साँझ ५:३० बजे लिग सुरु गर्नेछ । लिगको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्नेछन् । दिउँसो ४ः३० बजेदेखि सुरु हुने उक्त भव्य उद्घाटन समारोहमा विभिन्न सेलिब्रेटीहरुको प्रस्तुति र विभिन्न राजनीतिज्ञ तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरुको…