लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । बिहीबार राति चेल्सीको मैदानमा भएको खेलमा सिटीले चेल्सीलाई १–० ले हराएको हो । भ्रमणकारी टोली सिटीका लागि रियाद माहारेजले निर्णयक गोल गरे । खेलको ६३ औं मिनेटमा अल्जेरियन खेलाडी माहारेजले गरेको गोलको मद्दतले सिटी विजयी भएको हो । जितसँगै सिटीले अंक तालिकाको शिर्ष…