काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले मुम्बई इन्डियन्सलाई हराएको छ । शनिबार राति भएको खेलमा चेन्नईले मुम्बईलाई ७ विकेटले हरायो । मुम्बईको यो लगातार दोस्रो हार हो। चेन्नईको तेस्रो खेलमा दोस्रो जित हो। जितको लागि १ सय ५८ रनको लक्ष्य पछ्याएको चेन्नईले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।…