लन्डन । लिभरपुल, एफ.सी पोर्टो र इन्टर मिलान युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अघिल्लो चरणमा प्रवेश गरेका छन् । सदाबहार उपाधि दावेदार बार्सिलोना भने यसपटक समुह चरणबाटै बाहिरिएको छ । बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग ३-० ले पराजित भएपछि बार्सिलोना तेस्रो स्थानमा रहदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस सङै बार्सिलोनाले युरोपा लिग खेल्नेछ…