खेल जित्न नेपाललाई २०५ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रनको योगफल खडा गरेकाे हाे । पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन…