सीता रानाले हङकङमा क्रिकेट खेल्ने

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीकी सदस्य सीता राना मगरले हङकङमा आयोजना हुने फेयर ब्रेक इन्भिटेसनल-२०२२ क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् । क्विन्स इभेन्ट मेनेजमेन्टले शनिबार पत्रकार सम्मेलन गर्दै सिताले फेयर ब्रेक इन्भिटेसनल प्रतियोगिता खेल्ने र त्यसको लागि छनोट भएको जनाएको हो । ‘क्विन्स इभेन्ट मेनेजमेन्टको अथक प्रयास र खेलाडी स्वयंको मेहेनतको फलस्वरूप सीता राना…