लन्डन । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ५० औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ । युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे । नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे । सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता…