व्यास नगर म्याराथनकाे उपाधि कान्छीमायालाई

तनहुँ । दोस्रो व्यास नगर महिला खुला हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी छन् । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा मंगलबार व्यास नगरपालिकाले आयोजना गरेको हाफ म्याराथनमा एक घण्टा ५५ मिनेट १२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै कान्छीमायाले उपाधि जितेकी हुन् । ५० जना धाविकालाई पछाडि पार्दै कान्छीमायाले नगद ४१ हजार ७८ रुपैयाँ प्राप्त गरेकी छन्…