क्रिकेटर सन्दिप लामिछाने एकदिवसीय वरियतामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा रहेका छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध पहिलो एकदिवसीय क्रिकेट खेलेका थिए ।…