लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएकाे छ । शनिबार राति भएकाे खेलमा सिटीले एभर्टनलाई १-० अन्तरले पराजित गरेको हाे । रोमाञ्चक बनेको खेलमा सिटीलाई जिताउन फिल फोडेनले खेलको ८१औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै सिटीले २७ खेलमा ६६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । एभर्टन २२ अंक जोडेर १७…