बुर्किना फासोलाई हराउँदै सेनेगल अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा गएराति भएको पहिलो सेमिफाइनल खेलमा सेनेगलले बुर्किना फासोलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । सेनेगलको जितमा सादियो माने, अब्दु दियालो र इद्रिसा गुएले एक एक गोल गरे । पराजित टोली बुर्किना फासोका ब्लाती टुरेले एक गोल फर्काए…