साफ यू-२० महिला च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं । २० वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ पौने ७ बजे बंगलादेशको ढाकास्थित बसुन्धारा किंग्स एरिनामा हुनेछ । यसअघि सम्पन्न खेलमा नेपालले दुई खेलमा एक जित र एक हार बेहोरेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोल अन्तरले पराजित गरेको थियो…