काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टाेलीले आज थाइल्यान्डकाे टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ । एएफसी महिला एशियन कप–२०२६ छनोटको तयारीमा रहेको नेपाली टाेलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेकाे हाे । याे खेल थाइल्यान्डको पथुम थानीमा रहेको थम्मासत स्टेडियममा बेलुका पौने ५ बजे शुरू हुनेछ । थाइल्यान्ड भ्रमणमा रहेको नेपाली महिला टोलीले गएको शुक्रवार…