काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग भेट गरेको छ । एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्री थापाले महाधिवेशन अब वास्तविक एकताका लागि हुनुपर्ने र त्यसमा कोही छ्ट्न नहुने बताए । थापाले भने, “एनआरएनलाई मैले प्रारम्भदेखि नियालेको छु, यसलाई गैरराजनीतिक बनाउनुपर्छ र दलीयकरणबाट मुक्त गर्नुपर्छ ।”…