मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले संघको १२औँ बृहत् एकता महाधिवेशन फेब्रुअरीको अन्तिम साता गर्नैपर्ने स्पष्ट पारेका छन्। विधानअनुसार तोकिएको समयमै निर्वाचन हुन नसके वर्तमान स्टेरिङ कमिटी स्वतः भंग हुने चेतावनीसमेत उनले दिएका छन्। गैरआवासीय नेपाली संघ मलेसियाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. शर्माले एनआरएनएको विधान २०२२ बमोजिम…