काठमाडौं । कम्बोडियाका लागि गैरआवासीय नेपाली राजदूत डाक्टर धनबहादुर ओलीले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राजा नरोद्दिम सिङ्हानुकलाई बुधवार कम्बोडियाको राजदरबारमा आयोजना गरिएको एक समारोहमा प्रमाणपत्र बुझाइएको हो । बैङ्ककस्थित नेपाली आवासिय राजदूतले नै कम्बोडिया हेर्ने गरेका छन् । बैङ्ककको नेपाली राजदूतावासले दिएको जानकारीअनुसार राजा सिङ्हानुकसँगको छलफलमा दुई देशको कूटनीतिक सम्बन्ध बारेमा कुराकानी भएको…