काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली (एनआरए) नागरिकताको पूर्ण कार्यान्वयनसम्बन्धी समस्या छिट्टै समाधान हुने बताएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको अन्तरक्रियामा गृहमन्त्री लेखकले एनआरएनले नागरिकताको पूर्ण कार्यान्वयनमा देखापरेका जटिलता संसदको आगामी (हिउँदे) अधिवेशनबाटै सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘सरकारले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनसहित नेपालको विद्यमान…