एनआरएनए १२ औं महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं महाधिवेशन फागुन ३० देखि चैत २ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । सोमबार एनआरएनए पदाधिकारी र परराष्ट्रमन्त्रीसहितको बैठकले महाधिवेशनका लागि उक्त समयसीमा निर्धारण गरेको हो । बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ– ‘२०८२ साल फागुन महिना ३० देखि चैत महिनाको २ गतेसम्म (१४–१६ मार्च २०२६)…