कतारको कानुनको पालना गर्न नेपाली दूतावासकाे अनुरोध

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई कतारको कानुनको पालना गर्न अनुरोध गरेको छ । दूतावासले बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै भनेको छ, “कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कतारको नियम, कानुन, सांस्कृतिक मूल्य–मान्यता पूर्ण रूपमा पालना गर्न नेपाली राजदूतावास, दोहा हार्दिक अनुरोध गर्दछ ।”…