रुसी सेनामा रहेका तीन नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा सम्बद्ध रहेका तीन जना नेपालीको मृत्यु भएको छ । युक्रेससँगको युद्धका क्रममा उनीहरुको ज्यान गएको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । रुसकाे मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रअनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान रहेका छन् । उनीहरुको गत १५ नोभेम्बर (कार्तिक २९) गते…