काठमाडौं । भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाली जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ । समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन् । 'जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली…