एनआरएनएको अध्यक्षमा डा. केसी निर्वाचित (मत सहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा. बद्री केसी विजयी भएका छन् । विहिवार भएको प्रत्यक्ष र अनलाइन मतदानमा अध्यक्षका अन्य प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठलाई हराउँदै केसी अध्यक्ष पदमा निर्वाचित भए । डा. केसीले १३७८ मत, शर्माले १२८१ मत र श्रेष्ठले १२२५ मत प्राप्त गरे । काठमाण्डौंस्थित होटल सोल्टीमा भएको…