परराष्ट्र मन्त्रालयले भन्यो : थाइल्यान्ड र म्यानमारमा फसेका नेपालीको उद्धार गर्न कठिन

काठमाडौँ । थाइल्यान्ड र म्यानमारमा फसेका नेपालीको उद्धार गर्न कठिन भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । थाइल्यान्ड र म्यानमार यात्रा सम्बन्धमा शुक्रबार ट्राभल एड्भाइजरी जारी गर्दै परराष्ट्रले नेपालीहरुलाई म्यानमारको कायिन प्रान्तको म्यावडीमा लगेर बन्दी बनाएर अवैध काममा बाध्य बनाउने गरेको जनाएको छ । मन्त्रालयले ती नेपालीलाई‍ तलब सुविधा पनि नदिएको जानकारी प्राप्त भएको जनाएको छ…