गैरआवासीय नेपालीलाई सरकारले प्रदान गर्‍यो नागरिकता

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको शुभारम्भ गरेको छ । बालुवाटारमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुल आचार्य र बद्री केसीलाई नागरिकता प्रदान गर्दै गैरआवासीय नागरिकता वितरणको सुरुआत गरेका हुन् । गत जेठमा नागरिकतासम्बन्धी ऐन संशोधन भएपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको हो । नागरिकता प्राप्त गरेपछि उनीहरूले ईश्वर, देश…