दक्षिण कोरिया । दक्षिण कोरियाले सन् २०२३ का लागि कामदारको ज्याला बढाउने भएको छ । बुधबार बसेको ज्याला निर्धारण समितिको बैठकले अहिलेको ज्यालामा ५ प्रतिशत बढाएर प्रतिघण्टा ९ हजार ६ सय २० वन (९ सय ६० रुपैयाँ) बनाएको हो । तलब वृद्धिले रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका ३५ हजारभन्दा बढी नेपाली कामदार लाभान्वित हुनेछन्…