महेश श्रेष्ठद्वारा एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालका लागि वर्तमान उपाध्यक्ष महेश श्रेष्ठले अध्यक्ष पदमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गरेर श्रेष्ठले उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले आफ्नो पाँच बुँदे प्रतिबद्धता अगाडि सारेका छन् । जसमा ‘अबको कार्यभारः एनआरएनएको हक, हित…