काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिले मलेसियाका लागि नेपाली राजदूत नेत्रप्रसाद तिम्सेनाको गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ। संघले जारी गरेको विज्ञप्तिमा मिति २०७९/०२/२६ मा परराष्ट्र मन्त्रालयद्वारा प्रमाणीकरण गरिएको विधानअनुसार, राष्ट्रिय समन्वय परिषद्–मलेसियाको नवौं महाधिवेशन २०२५/०७/२७ मा वैधानिक रूपमा सम्पन्न भई सर्वसम्मतिले कार्यसमिति निर्वाचित भएको स्मरण गराइएको छ। तर, संघको विधानले तोकेको समयसीमा…