काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्काउन भारतसँग सहकार्यको प्रयास गरेको छ । युक्रेनबाट पोल्याण्डलगायतका मुलुक पुगेका नेपालीलाई स्वदेश फर्काइदिन गरेको अनुरोधमा भारतबाट सकारात्मक जवाफ प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले युक्रेनबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउन विमान पठाएको छ । तीनै विमानमा स्वदेश फर्किन इच्छुक नेपालीलाई पनि ल्याउने प्रबन्ध मिलाउने प्रयास भइरहेको…