काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएई नेतृत्वको जिम्मेवारी ठाकुरप्रसाद ढुंगानालाई दिइएको छ। सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको संघका केन्द्रीय अध्यक्ष डा. बद्री केसीले जानकारी दिए। ‘यूएई एनसीसीमा लामो समयदेखि देखापरेको विवाद अब टुंगिएको छ। धेरै प्रयास र पहलपछि सहमतिका आधारमा नयाँ कार्यसमिति बनाइएको हो। यो कार्यसमितिले आईसीसीसँगको समन्वयमा राम्रोसँग काम…