एनआरएनए निर्वाचनः बद्रिको टिमका उपाध्यक्ष र कोषाध्यक्षका उम्मेदवार कुल आचार्यको टिममा

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को निर्वाचन नजिकिँदै जाँदा समीकरण फेरबेदल हुन थालेको छ । केही उम्मेदवारहरुले टिम परिवर्तन गर्न थालेका छन् । अध्यक्षका प्रत्यासी बद्रि केसीको टिममा रहेका दुई प्रभावशाली उम्मेदवारहरुले उम्मेदवारी घोषणा हुनुभन्दा ठीक एक दिनअघि केसीको साथ छाडेका छन् । केसीको टिमबाट उपाध्यक्षको उम्मेदवार तय गरिएका महेश श्रेष्ठ(जापान) र लोक दाहाल(बेल्जियम)ले केसीको साथ…