अहिलेकै डेलिगेट्स सूचीको आधारमा एनआरएनको निर्वाचन हुन सक्दैन: सल्लाहकार पण्डित

लन्डन । गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार विश्वआदर्श पण्डितले संघको सचिवालयले प्रकाशित गरेको डेलिगेट्स (महाधिवेशन प्रतिनिधि) सूचीको आधारमा निर्वाचन हुन नसक्ने जनाएका छन् । सहमतिका आधारमा समस्या समाधान गरी नेतृत्व चयन गर्न गठित उच्चस्तरीय समितिका संयोजक पनि रहेका पण्डितले सचिवालयले प्रकाशित गरेको डेलिगेट्स सूचीमा थुप्रै अनियमितताहरु भएको भन्दै उजुरी परेको र ती सबै उजुरीहरुबारे अध्ययन…