काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता तथा संवैधानिक परिषद्का सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका रिक्त प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त सिफारिस गर्ने प्रक्रियामा प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष बालेन्द्र शाहले अपनाएको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । शुक्रबार बसेको परिषद् बैठकमा आङ्देम्बेले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय लामो समय रिक्त राख्न नहुनेमा आफू सहमत…