काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले बेपत्ता रहेका कर्मचारी हटाउने सुरुवात गरेकी छन्। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अध्यक्षसमेत रहेकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर सुरुवात गरेकी हुन्। सरकारले सुशासन र जनतामुखी सेवा प्रवाहलाई प्राथमिकतामा राखेकाले सोहीअनुसार आफूले कार्य गरेको मन्त्री चौधरीले बताएकी छन्। दरबन्दी मात्र ओगटेर…