किशोरी साहको उमेदवारी खारेजविरुद्धको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा धनुषा क्षेत्र नम्बर–१ मा उमेदवारी खारेज भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का किशोरी साहको रिटमा सुनुवाइ सकिएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा पेसी तय भएको थियो । उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध साहले फागुन १९ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका…