काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न तहका नेता तथा कार्यकर्ताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको भन्दै रास्वपाले विज्ञप्ति नै जारी गरेर आफूखुसी अभिव्यक्ति नदिन आग्रह गरेको हो । रास्वपाले…