काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावमा देशभरको सुरक्षा अवस्था मजबुत रहेको र शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । केही जिल्लाहरूमा सामान्य विवाद र प्राविधिक कारणले मतदान प्रक्रिया केही समयका लागि प्रभावित भए पनि अहिले ती ठाउँमा मतदान चलिरहेकाे छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्लाही, स्याङ्जा र दोलखा लगायतका कतिपय जिल्लाहरूमा थोरै समयका…