राष्ट्रियसभामा छवर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए । सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा…