बालकुमारी घटनाबारे निर्णय लिँदैछुः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले अध्ययन गरिरहेको बताएका छन् । सिंहदरबारमा शनिबार बिहान बसेको पार्टी संसदीय दल बैठकलाई सम्बोधन गर्दै उनले सरकारले घटना भएलगत्तै आयोग बनाएर छानबिन गरेको र आफूले प्रतिवेदन अध्ययन गरिरहेको भन्दै राजनीतिक संस्कार प्रदर्शन गर्न प्रतिपक्षलाई आग्रह गरे । अध्ययन सकिएपछि त्यसबारे आवश्यक निर्णय लिने उनको भनाइ…