काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो राजनीतिक विरासतलाई थप बलियो बनाउँदै सानदार जित दर्ता गरेका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार लामिछाने भारी मतान्तरसहित तेस्रोपटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी विजय हासिल…