बालुवाटारको जग्गा बेच्नेलाई पनि कारबाही होस् : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा संलग्न रहेको आरोपमा सरकारले किन्नेहरुलाई मात्रै कारबाही गर्न खोजेको आरोप लगाएका छन् । किन्नेलाई मात्र नभएर ललितानिवासको जग्गा बेच्नेलाई पनि कारबाही गर्नुपर्ने उनको माग छ । शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले भने, ‘बालुवाटार जग्गा प्रकरणमा व्यापारीहरु र केही साना कर्मचारीहरुलाई…