विराटनगर । कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई शपथ गराएका हुन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सँगै उनले आफ्नो दल कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।…