काठमाडौं । ओखलढुंगाका ग्याल्जेन शेर्पाले नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथा चुचुरोमा फहराएका छन् । खिजिदेम्वा–९, ओखलढुंगाका आरोही शेर्पाले राष्ट्रिय झण्डा र नेपाली कांग्रेसको चुनाव चिन्ह रुख अंकित झण्डा पनि फहराएका हुन् । ओखलढुंगा कांग्रेसले गत चैत ११ गते आरोही शेर्पालाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको हातबाट झण्डा हस्तान्तरण गर्दै शुभकामना दिएको थियो । उनले यही जेठ…