काठमाडौं । राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ । युवाको सक्रियता बुढापाकालाई नेता बनाउनेमा मात्र सीमित छैन । कति युवा आफैँ नेतृत्वमा स्थापित हुन थालेका छन् । ९० वर्षसम्मका क्रियाशील सदस्य हुने पार्टीका नेता कार्यकर्तामा…