एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा विजयी

मोरङ । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गरेको छ । घनश्याम खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका हुन् । विनोद ढकालले ४३० मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् भने सचिवमा राजकुमार भण्डारी विजयी भएका छन्…