मन्त्रिपरिषदको आकस्मिक बैठक, ग्याँसमा सहुलियत दिने तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । सिंहदरवारमा साढे १२ बजे बस्नेगरी आकस्मिक मन्त्रिपरिषद बैठक बोलाइएको हो । बैठकमा पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धिबारे छलफल गर्नुका साथै सुन तस्करी छानविनका लागि बन्ने आयोगबारे निर्णय हुनेछ । दसैँको मुखमा मूल्य बढाएको भन्दै चर्को आलोचनापछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ…